नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडाैं | माघ ३, २०७९

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौंः  नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।


नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरूले शपथ लिएका हुन् । एमालेबाट हरि उप्रेती रक्षा, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला तथा बालबालिका, ज्वालाकुमारी साह कृषि, राजेन्द्र राई भूमि व्यवस्था सहकारी र दामोदर भण्डारी उद्योग मन्त्री बन्नुभएको छ । 


माओवादीबाट रेखा शर्मा सञ्चार , सुदन किराती संस्कृति पर्यटन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुशीला श्रीपाली संस्कृति पर्यटन राज्यमन्त्री हुनुभएको छ ।
 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा, डिपी अर्याल श्रम र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री हुनुभएको छ ।


राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जा, ध्रुवबहादुर प्रधान कानुन, विक्रम पाण्डे सहरी विकास र दीपक सिंह ऊर्जा राज्यमन्त्री हुनुभएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्